Saturday, December 5, 2009

स्वर्गीय नारायण गोपाल स्मृति गीति कार्यक्रम सम्पन्न

सुम्निमा कल्चर एकेडेमीको आयोजनामा स्वर्गीय नारायण गोपालको १९ औं वार्षिक स्मृतिको अवसरमा सुम्निमा कल्चर एकेडेमीको हलमा नारायण गोपाल स्मृति गीति कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रशिक्षक कैलाश राई र मण्डल साम्पाङ त्यस्तै एकेडेमीका कलाकारहरु देवेन्द्र लावती दीपक समाल धनकाजी राई बालकृष्ण वनेम जित बहादुर रसाइली लगायतका कलाकारहरुले नारायण गोपालले गाएका सदावहार गीतहरु गाएर नारायण गोपालको स्मरण गर्दै सम्मा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कवि÷गीतकार माजुलले नारायण गोपालले नेपाली सुगम संगीतको क्षेत्रमा पुर् याएका योगदानको बारेमा चर्चा गर्दै नेपाली गीत संगीतको क्षेत्रमा सुम्निमा कल्चरको योगदानको पनि सराहना गरेका थिए । उक्त कार्यक्रम भुपेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको बारेमा अतिथि यात्री प्रसाद राईले शुभकामना मन्तव्य दिदै सुम्निमा कल्चर एकेडेमीको लागि हार्मोनियम सौजन्य उपहार प्रदान गरेका थिए । संस्थाको तर्पुबाट सचिव जनक राईले सबैलाई आगामी दिनमा नेपाली संगीत र संस्कृतिको क्षेत्रमा एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी संस्थापक कलाकार आशा कुलुङ राईले सम्पूर्ण सहभागी कलाकारलाई धन्यवाद प्रदान गरेका थिए । सुम्निमा हलमा भएको उक्त कार्यक्रमको साचालन सदस्य कपिल राईले गरेका थिए । सभापतिको तर्पुबाट भुपेन्द्र पूमा राईले स्वर्गीग नारायण गोपालको स्मरण र सम्मान गर्दै सबै कलाकारले मरेर पनि बाँच्ने काम गर्नुको लागि नारायण गोपाले देखाएको बाटोमा हिँड्नुपर्ने बताएका थिए ।

No comments:

Post a Comment