Saturday, October 24, 2009

सुम्निमाको पाचौं स्थापना दिवस सम्पन्न !



सुम्निमा कल्चर एकेडेमीको पाचौं वार्षीक उत्सवको अबसरमा वरिष्ठ कलाकार दीपक जंगमको प्रमुख आथित्यमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी यस सुम्निमा कल्चर एकेडेमीको स्थापना दिवस सम्पन्न गरीयो । यसै अबसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि उत्कृष्ट प्रशिक्षार्थीलाई एक बर्षको लागि गायन तर्फ दीपक लामा र नृत्य तर्फ जीबन कला सुनुवारलाई छात्रवृति प्रदान गरीयो । यसैगरी उत्कृष्ट प्रशिक्षार्थीद्धोय प्रकृती लामा र देबेन्द्र लावतीलाई कदर पत्र प्रदान गरीयो । साथै यस एकेडेमीलाई साउन्ड सिस्टम खरीदार्थ आर्थिक रुपमा सहयोग गर्ने शुभचन्द्र राई, क्या. जगतराम राई, प्रेम लामा, प्रेम चाम्लीङ, महेन्द्र राई, अमर सिङ राई, ध्रुब पुमा राई, नवराज राई, सर्बधन राई, राकेस राई लगाएत एक बर्ष सुम्निमा छात्रब्रितिको लागि समाजसेवी देव राज कटवालले प्रायोजन गरेको थियो र उहाहरुलाई पनि कदरपत्रद्धारा सम्मान गरीयो । सुम्निमा कल्चर एकेडेमीबाट इल्लाहाबाद परीक्षामा सहभागी प्रशिक्षार्थीहरुलाई पनि कदर पत्र प्रदान गरीयो । उक्त कार्यक्रममा सुम्निमा कल्चर एकेडेमीले राष्ट्रमा पुर्‍याएको योगदान बारे सभासद सुदन किरातीले बोल्नु भएको थियो ।
बाँकी फोटोहरु...



































3 comments:

  1. Dherai khusi lagyo, wish you all the best Sumnima Group keep it upppppppppp

    ReplyDelete
  2. East & West Sumnima Culture is the best ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,keep it upppp,,,,,,,,,,,,up coming day will be the mindblowing,,,,,,,,,,,

    ReplyDelete
  3. sumnima culture ko saphata ko shubhakama yo sastha le yesko sthapana ko chhoto abadhi ma nai ullekhniya saphalta hasil gareko chha yes bata nai spasta thaha hunchha ki sumnima ko lokpriyeta.... anyway i wish sumnima for its brighter future

    Dev Chamling
    afghanistan

    ReplyDelete